Friday, August 31, 2012

'भिसा गर्ल' युनिटले पुन: नयाँ प्रोमो सार्वजनिक गरेको छ

       सुरुवात देखि नै राम्रो प्रतिक्रिया पाएको फिल्म 'भिसा गर्ल' युनिटले पुन: नयाँ प्रोमो सार्वजनिक गरेको छ ।
 सार्वजनिक गरिएको ३१ सेकेन्डको नयाँ प्रोमोलाई पनि दर्शकले रूचाउने निर्माण पक्षले बिश्वास लिएको छ । सिजी इन्टरटेन्मेण्टको व्यानरमा निर्माण गरिएको उक्त फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन्
यही असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो फिल्ममा प्रचण्डमान श्रेष्ठको निर्देशन र लेखन रहेको छ । उक्त फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानलाई  मुख्य अभिनयमा देख्न सकिन्छ । कलाकारद्धय ऋचा र विनय सो फिल्मका सह-निर्माता पनि हुन् ।


लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षालाई प्रमुख कथावस्तु बनाईएको छ । सो फिल्ममा कालिप्रसाद बाँस्कोटा र कनैहा सिंहको संगीत रहेको छ भने शिबराम श्रेष्ठलेको छायांकन रहेको छ ।

                                                                                                                  -दिल  बहादुर

भारतमाथि नेपाली प्रभुत्व

football
      नयाँदिल्ली, भाद्र १३ - लगातार दुई खेलमा हारपछि नेपालको नेहरू कप फाइनल पुग्ने सम्भावना समाप्त भइसकेको थियो । तर यसले नेपाललाई भारतविरुद्ध सुधारिएको प्रदर्शन गर्न कहाँ रोक्न सक्छ ? नेपाली खेलाडीले भारतविरुद्धको खेलका लागि आफ्ना सबै उत्कृष्ट बाँकी राख्ने गर्छन् । मंगलबार प्रतियोगिताको सातौं दिनको खेलमा यस्तै देखियो । सबैको अनुमानलाई गलत साबित गर्दै नेपालले जवाहरलाल नेहरू रंगशालामा दुई पल्टको डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध राम्रो मात्र खेलेन, धेरै राम्रो खेल्यो । नेपालले लामो समययता अन्तर्राष्ट्रिय खेलमा प्रतिद्वन्द्वीमाथि सबै पक्ष प्रभुत्व कायम राख्यो । नेपाली फरवार्डले भारतीय डिफेन्सलाई लगातार दबाबमा राख्यो भने नेपाली डिफेन्डर भारतीय फरवार्डमाथि हाबी रह्यो । बराबरीले नेपाल प्रतियोगितामा पहिलो अंक बटुल्न सफल रह्यो । नेपाल र सिरिया दुवै समान एक/एक अंकमा रहेका छन् । बराबरीले फाइनल पुग्ने दुई टिमको होड पनि खुल्ला भएको छ । भारतसामु नेपाललाई हराएर फाइनल पुग्ने अवसर थियो । बराबरीले फाइनलको होडमा भारतसँगै माल्दिभ्स र क्यामरुन जोडिएका छन् । भारतको सात अंक भएको छ । माल्दिभ्सको छ अंक छ भने क्यामरुन चार अंकमा छ । बराबरीमा नेपालका लागि नायक गोलरक्षक किरण चेम्जोङ रहे । उनले खेलको अन्त्यतिर केही उत्कृष्ट बचाउ गरे र खेलको 'म्यान अफ द म्याच' भए । यससँगै उनले १५ सय डलर (लगभग एक लाख ३५ हजार रुपैयाँ) हात पारे । 'आज खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु,' नेपाली प्रशिक्षक कृष्ण थापाले भने, 'बराबरी जित होइन, तर यो हारभन्दा राम्रो हो । आजको खेल हाम्रो योजनाअनुसार चल्यो । हामी बिना अंक घर र्फकन चाहन्न थियौं । हामीले जितका लागि खेलेका थियौं, तर बराबरीमा पनि खुसी छ । यसका लागि म विशेषतः नेपाली समर्थकलाई धन्यवाद दिन चाहन्छु ।' किरणले पनि आफ्नो खुसी लुकाउन सकेनन् । उनले भने, 'म्यान अफ द म्याच भएकोमा म स्वभाविक रूपमा धेरै खुसी छंु । यसका लागि म सबैलाई धन्यवाद पनि दिन चाहन्छु, विशेषतः प्रशिक्षकलाई । उहाँले ममाथि विश्वास राखेर खेल्ने अवसर दिनुभयो । सुरुका दुई खेल खेल्न नसक्दा म एक प्रकारले दबाबमा थिएँ, आज सक्दो खेलें ।' भारतीय प्रशिक्षक विम कोभरमेन्सले नेपाली टिमको प्रशंसा गर्दै भने, 'नेपालले आज राम्रो खेल्यो । नेपालले आजको खेलमा केही गुमाउनु थिएन, त्यसैले खुलेर खेल्न सक्यो । नेपालले भारतविरुद्धको खेल यस्तै आक्रामक भएर खेल्छ भनेको सुनेको थिएँ, आज यस्तै भयो । आजको बराबरी नेपालको आक्रामक खेलको नतिजा हो ।' लगातारको वर्षाले खेल १६ मिनेट ढिला सुरु भएको थियो र पहिलो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । रोहित चन्दको लामो फ्री-किकमा राजु तामाङ गोलको राम्रो अवसरमा चुके । जुमनु राईले ४८ औं मिनेटमा पेनाल्टी एरियामा भारतीय डिफेन्डरलाई बिट गर्ने राम्रो प्रयास गरे पनि निर्णायक प्रहारमा भने चुके । दोस्रो हाफमा भारत नेपालमाथि दबाब सिर्जना गर्न सफल रह्यो । भारतले ५३ औं मिनेटमा खेलकै सर्वाधिक राम्रो अवसर सिर्जना गर्‍यो । कप्तान सुनील क्षेत्रीले गरेको शक्तिशाली प्रहारलाई नेपाली गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरे । जोयल राजा शेखले ८१ औं मिनेटमा गरेको प्रहार नेपाली पोस्टको केही दूरीबाट बाहिरियो । लगत्तै रोबिन सिंहको प्रहारलाई किरणले जोगाए । खेलको अन्त्यतिर इन्ज्युरी समयमा नेपाल दस खेलाडीमा सीमित रह्यो । रेप|mीसँगको विवादयता विकाससिंह क्षेत्री रातो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे । नेपालले अब बिहीबार आफ्नो अन्तिम खेलमा सिरियाको सामना गर्नेछ र त्यो नेपालका लागि आफ्नो उपयोगिता सिद्ध गर्ने अर्को अवसर हुनेछ । नेपाली टिम: किरण चेम्जोङ, सागर थापा -कप्तान), विराज महर्जन, रोहित चन्द, विकाससिंह क्षेत्री, सन्दीप राई, जगजित श्रेष्ठ, राजु तामाङ, भोला सिलवाल -अनील गुरुङ ९०२), भरत खवास, जुमनु राई -सन्तोष साहुखल(८९) ।

                                                                                                     - दिल बहादुर बुडाथोकी